काठमाडौं । गोरखामा प्रहरीले स्थानीयवासीमाथि अश्रुग्यास हानेको छ ।
कोरोना संक्रमितको शव व्यवस्थापनलाई लिएर स्थानीयवासी र प्रशासनबीच विवाद उत्पन्न भइरहँदा स्थानीयको भीड बढ्न थालेपछि साे भीड तितरबितर गर्न प्रहरीले अश्रुग्यास हानेको हो ।
गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा आएका थिए ।
जिल्लास्थित सुरक्षा समितिले मृतकको शव अबुवानजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए ।
पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरुषको शनिबार बिहान आइसोलेसनमै मृत्यु भएको थियो ।