मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना तथ्यांक : कुन प्रदेशमा कति संक्रमित ?

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

कठमाडाै‌ं । नेपालमा सोमबारसम्म कुल १५ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ लाख ५५ हजार ७२८ जनामा परीक्षण गर्दा सो नतिजा आएको हो । 

कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ हजार ८११ जना निको भएर घर फर्किए भने ३५ जनाले ज्यान गुमाएका छन् । 

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको  जानकारीअनुसार  प्रदेशगत रुपमा  प्रदेश २मा सबैभन्दा बढी संक्रमित भएका छन् । हालसम्म सो प्रदेशमा ४ हजार १८४ मा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७२ जना निको भएर घर फर्किएका छन् । 

त्यसैगरी, सबैभन्दा कम संक्रमितको संख्या बागमती प्रदेशमा छ । बागमती प्रदेशमा कुल संक्रमित ६३९ छन् । जसमध्ये  २३४ जना निको भएर घर फर्किएका छन् । 
गण्डकीमा प्रदेशमा १ हजार १७५ जना संक्रमित छन् । जसमध्ये २९५ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ७१० जना संक्रमित भएका छन् । सो प्रदेशमा  हालसम्म ४६९ जना उपचारपछि  निको भएर घर फर्किएका छन् । 

त्यसैगरी प्रदेश ५ मा ३ हजार ९८४ संक्रमित भएका छन् जसमध्ये १ हजार ८५७ जना निको भएर घर फर्किएका छन्।

मन्त्रालयले  कर्णाली प्रदेशमा  १ हजार ५८१ संक्रमित भएको जनाएको छ ।  जसमध्ये हालसम्म १ हजार २२२ जना निको भएर घर फर्किएका छन् । 

सुदूरपश्चिम प्रदेशमा भने ३ हजार ६९१ संक्रमित भएका छन् । यस प्रदेशमा कोरोनालाई जिती घर फर्किनेको संख्या ६६२ छ ।

 


कस्तो लाग्यो ?

यो पनि