काठमाडौं । ओखलढुंगामा रहेका १५ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ओखलढुंगा जिल्ला मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा बसेका उनीहरुमा कोरोना भेटिएको जिल्ला स्वस्थ्य कार्यालय ओखलढुंगाले बताएको छ ।
केही दिनअघि उनीहरुसहित ५५ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
कोरोना देखिएका सबै बिरामीलाई बिहीबारै कोरोना अस्थायी अस्पताल पठाइएको बताइएको छ । उनीहरु गत चैत २८देखि विद्युतको काममा खटिँदै आएका थिए ।