मंसिर ०७, २०८१, शुक्रबार
               

डिन कार्यालय कीर्तिपुरमा नेविसंघको तालाबन्दी

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायको डिन कार्यालय कीर्तिपुरमा ताला लगाएको छ।

नेविसंघले राखेका विभिन्न २० प्रकारका मागहरू सम्बोधन नभएको भन्दै आइतबार एक प्रेस विज्ञप्तिमार्फत अनिश्चितकालीनको लागि ताला लगाएको जानकारी दिएको हो।

नेविसंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विश्वविद्यालयमा नेविसंघले उठाएका मागको सम्बोधन नगरी विद्यार्थी संगठनलाई हेपेर विश्वविद्यालयलाई धराशायी पार्न खोज्ने नियतको घोर भर्त्सना गर्दै शिक्षाशास्त्र तथा मानविकी संकायको डिन कार्यालय क्रीतिपुरमा अनिश्चितकालीन तालाबन्दी लगाएको जानकारी गर्दछौँ।’ 

विद्यार्थीको मुद्दालाई सुनुवाइ नगरी तारे होटलमा बसेर आर्थिक लेनदेन गरी विश्वविद्यालयमा गरिएका नियुक्तिले सम्बन्धित संकाय तथा विश्वविद्यालयको गरिमामय स्थललाई गम्भीर आँच पुर्‍याएको ठहर रहेको नेविसंघको विज्ञप्तिमा उल्लेख छ।  


कस्तो लाग्यो ?

यो पनि