मंसिर ०७, २०८१, शुक्रबार
               

विराटनगरमा करिब दुई हजार पाँच सय घर डुबानमा

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।आकाशेपानीको निकास नहुँदा मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् । 

भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना (आइसिपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली जानकारी दिए । 

पराजुलीका अनुसार ६ लेन परियोजनाअन्तर्गतको (कोशी राजमार्ग) सडकमा पहिलो ९ वटा साइफन भए पनि हाल ६ वटा मात्रै  छन् । साइफन नहुँदा पानीको निकास हुन नसकेकाले आइसिपीको बाँधजस्तै सडक डुबानमा परेको छ । 

चार दिनयता परेको वर्षाका कारण करिब दुई हजार पाँचसय घरमा पानी पसेको बताउँदै उनले निकासका लागि महानगरपालिकाले पहल गरिरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि