काठमाडौं । औषधि व्यवस्था विभागले १८ कम्पनीका स्यानिटाइजरमा विषाक्त रहेको भेटिएको बताएको छ ।
औषधि विभागका अनुसार भदौ २७ देखि असोज १२ सम्म देशभर गरिएको अनुगमनमा १८ कम्पनीका स्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको हो ।
त्यसैगरी, विभागले तीन कम्पनीको स्यानिटाइजरमा विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले तोकेको मापदण्ड नपुगेको बताएको छ ।
औषधि विभागले पछिल्लो समय अनुगमनलाई कडाइका साथ अघि बढाइएको बताएको छ । बजारमा हुन सक्ने यस्ता अन्य उत्पादनको खोजी व्यापक बनाएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।
विभागका अनुसार बजारमा भेटिएका विषाक्त स्यानिटाइजरमा मिथानोल मिसावट पाइएको छ ।