लोकसेवा आयोगका कर्मचारीमा कोरोना संक्रमण हुँदा तीन वटा शाखा बन्द भई करिब २० भन्दा बढी कर्चकारी क्वारेन्टाइनमा बसेका छन् ।
जसका कारण आगामी मंसिर र पुसमा लिने भनिएका लोकसेवा आयोगका परीक्षा प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । बन्द गरिएका शाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेको बताइएको छ । हाल आयोगका विज्ञापन प्रकाशन, प्राविधिक र अप्राविधिकतर्फको लिखित नतिजा प्रकाशन शाखा बन्द छन् ।