काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या सात जना मिलेर गरेको खुलेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मटर तस्करी रोक्न खोज्दा तस्करले उनीहरुमाथि घरेलु घरेलु हतियारले हानेर हत्या गरिएको बताएका छन् । घटनामा संलग्न हुन सक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये सात जनाले सो अभियोग स्विकारेका छन् ।
शनिबार राति बा. ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका बेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । असई विकको शव भेटिएको चार दिनपछि हवल्दारको शव नदीभित्रै बालुवाले छोपेको अवस्थामा मंगलबार भेटिएको छ ।
जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याकिएको थियो भने त्यसक्रममा बालुवा बगाएर पुरिएको पनि हुन सक्छ ।
जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।