काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वको टोलीले मंगलबार बिहान महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो ।
काठमाडौं महानगरपालिकाले इतिहास मेट्न खोजेको भन्दै राप्रपा काठमाडौंले त्यस्तो कार्य नगर्न सचेत पनि गराएको छ ।
काठमाडौं उपत्यकाको केन्द्रमा रहेको पार्कको नाम रानी रत्नको नामबाट राखिएको हो ।
आम प्रचलनमा रहेको नाम परिवर्तन गर्नु गलत भएको भन्दै राप्रपा काठमाडौंले नाम परिवर्तनको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउन र त्यसमा पार्टीले सक्दो सहयोग गर्ने पनि राप्रपाले जनाएको छ ।