मंसिर ०७, २०८१, शुक्रबार
               

पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २५० रुपैयाँ ठगी गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शिव नारायणले रुपन्देही जिल्लाका २ जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिषालगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि