काठमाडौं । लोकसेवा आयोगले २० जनालाई आयोगले पाँच वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्वन गरेको छ ।
लोकसेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी सहभागी भएको भन्दै आयोगले उनीहरुलाई निलम्वन गरेको हो ।
गत फागुन २२ गते कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको हो ।
उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई लेखी पठाउने निर्णय पनि लोकसेवा आयोगले गरेको छ ।
यसको विस्तृत विवरण लोक सेवा आयोगले सूचना सार्वजनिक गरी दिएको छ ।