कोरोना महामारीका कारण बन्द डोटी जिल्ला अस्पतालको ओपीडी सेवा पुन: सञ्चालनमा आएकाे छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण कम्तीमा बन्द रहेको ओपीडी सेवा तीन महिनापछि सञ्चालनमा आएको हो ।
ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको डोटी जिल्ला अस्पतालले जनाएको छ । ओपीडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।
कोरोना सङ्क्रमणको दरमा केही कमी आएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी ओपीडी सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।