सरकारले मेलम्चीकाे बाढी पीडितलाई अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने भएको छ । असारकाे १ गतेदेखि मेलम्चीमा आएको बाढीका कारण घरबारविहीन भएकाहरुलाई सरकारले राहत दिने जनाएकाे हाे ।
शनिबार पहिरोस्थलको निरीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीका बाढीपीडितलाई अस्थायी आवासका लागि ५० हजार दिने घोषणा गरे ।
मेलम्ची बजार र हेलम्बुको निरीक्षणपछि उनले अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।