सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ । समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ ।
एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ राखेको छ । रिटमा अध्यक्ष ओलीले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्न माग गरेका छन् ।
सभामुख सापकोटाले कारबाही सिफारिस भएका १४ सांसदको कारबाही प्रक्रियालाई रोकेको पनि भनेका छन् । ती १४ जना सांसदलाई पदमुक्त गर्न ओलीले अन्तरिम आदेश माग गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।