विश्व फुटबल महासङ्घ (फिफा) को मेडिकल कमिटीका प्रमुख डाक्टर मिचेल होगीले यो सिजनको फुटबल सुरु गर्नुभन्दा नयाँ सिजनको तयारीमा लाग्न उचित रहेको बताएका छन् ।
मिचेलले एउटा डाक्टरको नाताले कोरोना भाइरसका कारण रोकिएको फुटबललाई सुरु गर्नेतिर ध्यान दिनुको सट्टा सबै फुटबल सङ्घले अर्को सिजनका लागि ध्यान दिनु राम्रो हुने धारणा राखेका छन् । फिफा मेडिकल कमिटीका प्रमुख मिचेलले आगामी दिनमा फुटबल गतिविधि सुरु गर्नु घातक हरेको बताएका छन् ।