मंसिर ०७, २०८१, शुक्रबार
               

चतुरानन्द राजवैद्य बने ओलम्पिक कमिटीको पहिलो कार्यकारी निर्देशक

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको पहिलो कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन् ।

नवनियुक्त राजवैद्यलाई ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यकारी निर्देशकको नियुक्ती पत्र बुधबार प्रदान गरे।

कमिटीको विधानको भाग ९ को धारा ३९ को उपधारा १ अनुसार वैद्यलाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार नेपाल ओलम्पिक कमिटीको इतिहासमा पहिलो पटक कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष तथा पूर्व खेलाडी राजवैद्यले राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपमा लगातार तीन पटक युगल स्पर्धाको उपाधि जितेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि