पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो । पोर्चुगल फुटबल फेडेरेसन (पिएफएफ)ले जारी गरेको वक्तव्यअनुसार उनमा मङ्गलबार संक्रमण पुष्टि भएको हो ।
पिएफएफका अनुसार उनमा कुनै लक्षण भने देखिएको छैन । साथै पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।