मंसिर ०६, २०८१, बिहीबार
               

सीताको ब्याटिङ वरियतामा सुधार

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औँ स्थानमा छिन् । यसअघि मगर ९२औँ वरियतामा स्थानमा थिइन् । आइसीसीको वरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।

 महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा छन् । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको वरियतामा भने यथास्थानमा रहेको छ ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको स्थान १४ छ । नेपाल एकदिवसीय महिला क्रिकेटको वरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला वरियतामा नेपालबाट कुनै खेलाडी पर्न सकेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि