मंसिर ०७, २०८१, शुक्रबार
               

टोकियो ओलम्पिकमा जुडोकी सोनिया भट्टको पहिलो खेलमै हार

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । जापानको भएको टोकियो ओलम्पिक खेलमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टको पहिलो खेलमै हार भएको छ । उनी रुसकी प्रतिस्पर्धी खेलाडीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भएकी हुन् ।

आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोरेकी छन् । उक्त खेलको स्वर्णपदक चीनले हात पारेको छ । कल्पनाले प्रतिस्पर्धामा राष्ट्रिय कीर्तिमान भने कायम गर्न सफल भएकी छन् ।

महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६–८ स्कोर बनाउँदै उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको थियो । उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि