मंसिर ०७, २०८१, शुक्रबार
               

चीनले जित्यो 'टोकियो ओलम्पिक'को पहिलो स्वर्ण

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

टोकियो । जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ ।

महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक हात पारे ।

स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१‍.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि