टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक कास्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ ।
आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ ।
इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।
बेल्जियम, चिनियाँ ताइपेइ, भारत, नेदरल्यान्ड्स, रुसी ओलम्पिक समिति र सर्बिया सातौं स्थानमा छन् ।