एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुरले विराटनगरलाई २२७ रनको इपिएलकै उच्च स्कोरको चुनौती दिएको छ ।
टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२६ रन जोडेको हो ।
ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी खेलेका थिए । वीराक्कोडीले ४३ बलमा १० चौका र तीन छक्का खेल्दै ७३ रन बनाए भने ओमर्जाइले २४ बलमा ७ छक्कासहित नटआउट ५८ रन बनाए ।
कप्तान कुशल भुर्तेलले १७ बलको सामना गर्दै दुई छक्कासहित ३२ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले १८ बलमा तीन छक्कासहित २७ रन बनाए भने नारायण जोशीले चार बलमा तीन छक्का प्रहार गरे ।
विराटनगरका बलरहरू आज महंगा सावित भएका थिए ।