बंगलादेशको अदालतले पाँच जनालाई मृत्यूदण्डको सजायँ सुनाएको छ।
६ वर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्याको अभियोगमा बंगलादेशले उनीहरुलाई मृत्यूदण्डको सजायँ सुनाएको हो ।
एकजनालाई भने आजिवन कारावासको सजायँ सुनाएको छ। ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीको बिरोध गरेकोमा अभिजीत र उनकी धर्मपत्नी ढाका पुस्तक महोत्सबबाट घर फर्कनेक्रममा सन् २०१५ को फेब्रुवरीमा अभिजीतको अपहरण गरी हत्या गरिएको थियो।
सो क्रममा ब्लगरसमेत रहेकी उनकी पत्नी रफिदा अहमदको मुठमेडमा औँला गुमेको थियो।