काठमाडौं । प्रतिस्थापन गर्ने विधेयक पारित भएको छ ।
प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
यसअघि कानुन, न्याय तथा तथा संसदीय मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
केही समयअघि सरकारको सिफारिमा संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्था कायम गर्न राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो ।
सरकारले जारी गरेको केही समयभित्रै उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेपछि साविककै कानुन कायम राख्न सोे विधेयक ल्याइएको हो ।
विधेयकलाई सरकार आफैँले फिर्ता लिएमा स्वागत गर्दै प्रतिपक्षी सांसदले राजनीतिक दलसम्बन्धी पुरानै व्यवस्था कायम राख्न सुझाव दिएका छन् ।
उक्त विधेयकमाथिको छलफलमा सांसद खगराज अधिकारी, राजेन्द्रकुमार केसीलगायतले धारणा राखेका थिए ।
सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले जारी अध्यादेशले मन्त्रिपरिषद्को सिफारिसमा खारेज गरिसकेको र साविककै व्यवस्था कायम गर्न विधेयक प्रस्तुत गरिएको बताइन् ।
उनले भनिन्, ‘पूर्ववत व्यवस्था नै कायम प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गरिएको छ, विगतमा पनि साविकै व्यवस्था जगाउने काम थियो ।’