मंसिर ०७, २०८१, शुक्रबार
               

‘भारत नेपालमा राजसंस्था ल्याउन चाहन्छ’

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको कार्यशैली, लिम्पियाधुरा, एमसीसी, नागरिकताजस्ता राष्ट्रिय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको छ ।  

राष्ट्रिय जनमोर्चाले शनिबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रय मुद्दामा आफ्नो धारणा सार्वजनिक गरेको हो । 

 राष्ट्रिय जनमोर्चाले सो विज्ञप्तिमार्फत भारतले केपी ओलीलाई हटाएर नेपालमा राजतन्त्र ल्याउन खोजेको बताएको छ । 

यसका अलवा जनमोर्साचाले नेकपाको सरकारलाई कम्युनिस्ट सरकार नभएको आरोप लगाएको छ ।  

‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट सरकार होइन,’ सो विज्ञप्तिमा भनिएको छ, ‘यो गणतन्त्र पनि बर्जुवा व्यवस्था हो । यिनबाट देश र जनताका सम्पूर्ण समस्याहरुको समाधान हुँदैन ।’

जनमोर्चाले तुलनात्मक दृष्टिले अहिलेको अवस्थामा नेकपा गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिनु सकारात्मक भएको बताएका छन् ।

 ‘नेपाली भूमि फिर्ता गर्ने, त्यसका लागि नयाँ नक्सा जारी गर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला सात वर्षसम्म लगातार नेपालमा बसेको हुनुपर्ने व्यवस्था गर्ने कार्य सकारात्मक र महत्वपूर्ण छन्,’ सो विज्ञप्तिमा भनिएको छ ।  

राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता नेपालको हितमा नभएको बताउँदै यो राष्ट्रघाति भएको बताएको छ ।  सो विज्ञप्तिमा भनिएको छ, ‘यो अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग हो ।

यसबारे नेपालस्थित अमेरिकी राजदुतावासका अधिकारी र अमेरिकाको सुरक्षा निकाय (पेन्टागन) ले स्पष्ट गरिसकेका छन् ।’ राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा लिप्त भएको बताएको छ ।  

उनले ओली नेतृत्वको सरकार र अमेरिकी ट्रम्प प्रशासन त्यसलाई संसदबाट पारित गरी लागू गर्न प्रयत्न गरिरहेको बताएका छन् ।

जनमोर्चाले भनेको छ, ‘अमेरिकी विदेशमन्त्रीले त्यसबारे गम्भीर चासो देखाएका छन् र नेपाल सरकारका विदेश मन्त्रीले आगामी संसदको अधिवेशनबाट त्यसलाई पारित गर्ने आश्वासन दिएका छन् । त्यसकारण, त्यसविरुद्धको संघर्षलाई जारी राख्नुपर्ने आवश्यकता छ ।’

त्यसैगरी, जनमोर्चाले सात वर्षपछि मात्रै वैवाहिक नागरिकता दिने सरकारी प्रस्तावलाई सही नीति बताउँदै समर्थन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि