मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल भित्रिएका सलह निष्क्रिय भएको कार्यदलको निष्कर्ष

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।
असार १३, १४ र १५ गते नेपाल–भारत सीमा नाकाका चार ठाउँबाट सलह नेपाल प्रवेश गरेपछि त्यसको रोकथाम गर्न भन्दै गठन भएको सो कार्यदलले सोमबार यस्तो निष्कर्ष निकालेको हो । 

कार्यदलका संयोजक संयोजक सहदेव हुमागाइँले पछिल्लो समय देशका कुनै पनि भागमा ठूलो क्षति नपुर्‍याएको जानकारी दिए । 

यसका अलवा उनले सलहका झुन्ड छिन्नभिन्न भएको र केही एकै ठाउँमा मरेको पाइएको पनि बताए । 

हुमागाइँले दाङ उपत्यकासम्म पुगेका सलह पूर्वी र पश्चिमी वायुको न्यून चापका कारण केही दिन त्यहीँ रहेको बताउँदै उत्तरी भूभागमा उडेका सलह निष्क्रिय र केही मृत भेटिएको बताए । 

उनले बागलुङका उत्तरी भूभागमा ठूलो मात्रामा सलह मृत भेटिएको जानकारी कार्यदललाई आएको पनि बताए । 

यसका साथै सो कार्यदलले अबका तीन दिन सलह नेपाल नेपालमा आउने सम्भावना न्यून भएको बताएको छ । 

प्लान्ट भिलेज तथा संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य कार्यक्रमले गरेको प्रक्षेपणका आधारमा कार्यदलले यस्तो निष्कर्ष निकालेको हो । 

यो पनि