मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पहिरो
धादिङमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । केही दिन अघिबाट भइरहेको भारी वर्षाको कारण धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता...
केरुङ छ्यो ताल फुट्ने खतरा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोसी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोसी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित...
पहिरोले १०९ परिवार विचल्लीमा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तनहुँ ।अविरल वर्षापछि आएको पहिरोका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् । गत असार २८ र २९ गते...
३३ घर पहिरोको उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
दोलखाको भिमेश्वर नगरपालिका३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए । वर्षातकाेसमयमा...
पहिरोले पुरेर २ महिला बेपत्ता
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तनहुँको भानु नगरपालिका९ पुर्काेटमा पहिरोले पुरिएर आज २ महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिरोले भत्किएर २ महिला बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उद्धारका लागि पुर्कोटबाट प्रहरी टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरीक्षक...
गोरखामा गएको पहिरोले पुरिँदा एक महिलाको निधन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । गोरखामा गएको पहिरोलेपुरिएर एक महिलाको निधन भएको छ । तीन दिनयता लगातार परेकाे वर्षाका कारण गएको पहिरोलेतीन घर बगाउँदा ती महिलाको निधन भएको हो । गण्डकी गाउँपालिका-४ फुजेलस्थित कौदी गाउँकी ३६ वर्षीया लक्छीमाया गुरुङको घरमाथिबाटआएको पहिरोले पुर्दा उनको...
१५ घण्टापछि खुल्यो बुटवल–तानसेन सडक
नेपाल फ्ल्यास
साउन ०५, २०७७
बुटवल । पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवलतानसेन सडक खण्ड १५ घण्टापछि खुलेको छ । तानसेन नगरपालिका८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र ढोजरले पहिरो...
पहिरोले खानेपानीको पाइप बगायो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
चितवन । केहिदिन देखि लगातार परेको बर्षाका कारण चितवनका विभिन्न स्थानमा क्षति पुगेको छ । कालिका नगरपालिका १० स्थित सिद्धिमा पहिरोले खानेपानीको पाईप बगाएको छ । सिद्धि स्थित छेरवाङमा खानेपानीको पाइप पहिरोले बगाएपछि ८० घरधुरी खानेपानीबाट बन्चित भएको स्थानीय दलबहादुर...
पाल्पामा पहिरोले दुई घर बगायो, तीन घर जोखिममा
रासस
साउन ०५, २०७७
पाल्पा । गए राति परेको वर्षाले रामपुर नगरपालिका १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका हो । घर पछाडिबाट आएको...
मलेखुमा पहिरोः पाँच घर पुरियो, एक जना पुरिएको आशंका
नेपाल फ्ल्यास
साउन ०५, २०७७
धादिङ । धादिङको मलेखुस्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरो जाँदा पाँच वटा घर पुरिएको छ । पहिरोका कारण पृथ्वीराजमार्ग समेत अवरुद्ध भएको छ । सोमबार बिहान आएको पहिरोमा मलेखुका पाँच घर पुरिएका छन् भने एक जना पुरिएको आशंका गरिएको...
दार्चुलामा पहिरोले घर भत्किँदा आमा–छोरीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७७
धनगढी ।दार्चुलामा पहिरोले घर भत्किँदा च्यापिएर आमाछोरीको मृत्यु भएको छ । आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले...
कहिले खुल्छ नारायणगढ–मुग्लिन सडक ?
नेपाल फ्ल्यास
साउन ०५, २०७७
चितवन । नारायणगढमुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५...
पहिरोमा पुरिएर आमा-छोरीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७७
दार्चुला । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा आमाछोरीको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला...
काठमाडौंमा पहिरोले थिचेर एक युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोेमा परेर काठमाडौंमा एक युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ आएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । उनी खोलामा...
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०५, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी...
न्यूनचापीय रेखा सोमबार नेपाल आइपुग्ने, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसूनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले...
हेलिकोप्टरको आवाजसँगै खाद्यान्नको आस
रासस
साउन ०४, २०७७
काठमाडौं । गत शुक्रबार पहिरोबाट थिलथिलो परेको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ । बारेकोटमा तीनपटक हेलिकोप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो । गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न...
कर्णाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको हो ।जिल्लाको टाकुल्ला, चौखोलालगायत ठाउँमा...
मुस्ताङ-बेनी सडकखण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन ०३, २०७७
पोखरा । मुस्ताङको थासाङ४ अन्तर्गत काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङबेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ...
पहिरोका कारण इस्मामा खानेपानीका मुहान अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७७
गुल्मी । पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीका कैयौं मुहानहरु अवरुद्ध भएका छन् । गत असार १८ गते राति इस्मा गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण खानेपानीका मुहानहरु अबरुद्ध भएका हुन् । इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले झण्डै...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय